काठमाडौँ, २५ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। भरतपुर नगरपालिका–११ का ६२ वर्षीय वृद्धको उपचारका क्रममा बिहीबार मध्याह्न सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ १८ गते श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए। २२ गते उनलाई कोरोना पुष्टि भएको थियो। सघन उपचार कक्षमा भेन्टिलेटर सहायतामा उपचार भइरहँदा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्