कपिलवस्तु, २५ भदौ । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ६ का २९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए ।
बिरामी परे पछि उपचारकालागि काठमाडौं शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ । जिल्लामा आज थप ४६ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्