ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व प्राथमिक उपचार दिवस, विभिन्न कार्यक्रम गरिदै


एबीसी न्यूज
२७ भदौ २०७७, शनिबार   ९ : ०६   बजे

काठमाडौं, २७ भदौ ।  आज विश्व प्राथमिक उपचार दिवस । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ दिवस मनाइँदैछ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचार महत्त्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारण विगत वर्षहरूमा जस्तो कार्यक्रम आयोजना नभएको तर सुरक्षा सावधानी अपनाएर प्राथमिक उपचार ज्ञान र सीप केन्द्रीत भर्चुअल कार्यक्रम, कृत्रिम अभ्यास, आकस्मिक प्राथमिक उपचार जस्ता कार्यक्रम आयोजना गरिरहेको पनि सोसाइटीले जनाएको छ ।

महामारीका बेला स्वास्थ्य संस्थामा अत्याधिक चाप हुने, डाक्टर तथा स्वास्थ्यकर्मीको उपलब्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक पर्नेहरु जोखिममा पर्ने भएकाले प्राथमिक उपचार महत्त्वपूर्ण हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताउनुभयो । साथै रेडक्रस अन्तर्गत नेपालमा १२ सय प्रशिक्षक र तीस हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू सेवामा खटिएका उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group