ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड–१९ स्वयंसेवा टिम


एबीसी न्यूज
२८ भदौ २०७७, आइतबार   ४ : २७   बजे

काठमाडौं, २८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड–१९ स्वयंसेवा (सिभिएस)गठन गर्नुभएको छ ।

श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उहाँले बताउनुभयो ।

श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड–१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिने जनाइएको छ ।  प्रवक्ता श्रेष्ठको सचिवालय अन्तर्गत रहने सिभिएसले कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने,आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग गर्ने, कोभिड–१९ बारे सचेतना लगायतका काम गर्ने जनाइएको छ।

त्यस्तै कोभिड संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई थप उपचार तथा अन्य सहयोग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्‍याउन सहयोग गर्ने भनिएको छ। २९ सदस्यस्यीय सिभिएसमा इन्द्र राज भट्टराई, सुरेश काजी श्रेष्ठ, सुमन आचार्य, प्रेम श्रेष्ठ, शुभद्रा खड्का, चमेली अंगाई, रोहित गुरुङ, लक्ष्मी गोर्खाली लगायत छन्।

सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पुर्‍याउने श्रेष्ठको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu