काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिनुभएको हो।
‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्नु भएको छ , ‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’ गृह मन्त्रालयका अनुसार गत बैशाख यता बाढी, पहिरो र चट्याङबाट ३५० जना भन्दा बढीको ज्यान गईसको छ भने १०० भन्दा बढी बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्