काठमाडौं, १ असोज । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई प्लेयर अफ दि सिजन अवार्ड प्रदान गरिएको छ ।
सन् २०१९–२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनले उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गएको सिजनमा तीन उपाधि जितेको थियो ।
बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गएको सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्