ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ – परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
२ आश्विन २०७७, शुक्रबार   २ : ३१   बजे


बुटवल, २ असोज । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले ‘बहुचर्चित र बहुविवादित’ एमसीसी सम्झौता संसदबाट अनुमोदन हुने बताउनु भएको छ ।
प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताउनु भयो । मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गर्दै पार्टीमा उठेका हरेक प्रश्नको उत्तर खोज्दै आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुने स्पष्ट पार्नुभयो ।

नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्शा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि नेपालीहरुमा थप उर्जा थपिएको बताउनु भयो । उहाँले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने विश्वास समेत ब्यक्त गर्नु व्यक्त गर्नुभयो ।

उहाँले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो । कालापानी पश्चिममा रहेका नेपालीसँग कसरी सम्पर्क गर्ने भन्नेबारे सोधिएको एक प्रश्नमा ज्ञवालीले भारतीय सेना हटेर नेपाललाई आफ्नो भूभाग उपभोग गर्न दिनुपर्ने बताउनु भयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री ज्ञवालीले निश्चित प्रयोजनका लागि वर्षौपहिले बसेका भारतीय सेना अब हट्नुपर्ने बताउँदै नेपाललाई आफ्नो भुभाग उपयोग गर्न भारतले दिनुपर्ने स्पष्ट पार्नु भयो । पार्टी फुट्छ की भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा परेको बताउंदै उहाँले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी समेत गर्नु भयो । गृह जिल्ला गुल्मी पुगेर काठमाडौ फर्कने क्रममा मन्त्री ज्ञवालीले बुटवलमा पत्रकार भेटघाट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu