काठमाडौं, २ असोज । शुक्रवार काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्