काठमाडौँ, ३ असोज । ललितपुरको पाटन र मेघा अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार र शनिबार गरी तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा सर्लाहीका ६० वर्षीय पुरुष छन्। भदौ २६ गते पाटन अस्पताल भर्ना भएका उनको शुक्रबार मृत्यु भएको हो। यस्तै, पाटन अस्पतालमै ललितपुरकी ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ। उनी भदौ २० गते भर्ना भएकी थिइन्। ललितपुरकै ६८ वर्षीया वृद्धाको पनि सोही अस्पतालमा मृत्यु भएको छ। उनी भदौ २५ गते भर्ना भएकी थिइन्। यस्तै, भक्तपुरकी ९० वर्षीया महिलाको उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको छ। उनको शनिबार बिहान मृत्यु भएङ्को हो। उनी असोज १ गते अस्पताल भर्ना भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्