काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुन्छ ।यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको नेकपाले जनाएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्