काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा नौ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४६ हजार दुई सय ३३ पुगेको छ । अब नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ।
७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसअघि शनिबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।
प्रतिक्रिया दिनुहोस्