काठमाडौं, ५ असोज । नेपालमा २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा काठमाडौंका ५८ वर्ष, ७३ वर्षका पुरुष, ललितपुरकी ५८ वर्षकी महिला, ६१ वर्षका पुरुष तथा भक्तपुरका ८४ वर्ष र ६२ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै झापाका ७२ वर्ष, ४९ वर्ष, पर्साका ८८ वर्ष, मकवानपुरका ६८ वर्षका पुरुष र १७ वर्षकी महिला, चितवनका ५५ वर्षका पुरुष, दोलखाकी ५२ वर्षकी महिला, रुपन्देहीका ६७ वर्ष तथा बाँकेका ५० वर्ष र ५९ वर्षका पुरुषको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्