काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । साथै परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको छ । त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्