ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्नअध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी


एबीसी न्यूज
६ आश्विन २०७७, मंगलबार   ३ : ५६   बजे

काठमाडौं, ६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई सचिवालय बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको हो । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन । यसअघि गत आइतबार सचिवालयको बैठक पेरिसडाँडामा बसेको थियो । नेकपा सचिवालयमा अध्यक्षद्वय, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव पौडेल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu