काठमाडौं, ६ असोज । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिनु भएको छ । उहालाई त्रिभुवन विमानस्थलबाट प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगे पनि मंगलबार साँझ त्यहाँबाट बाहिरिनु भएको हो । केसीका सहयोगी डा. प्रविण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताउनुभयो । केसी त्रिवि शिक्षण अस्पतालतर्फ पुगेर आकस्मिक कक्षमा भर्ना हुनुभएको छ । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने उहाले जनाउनुभएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बस्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्