ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्य बामदेवविरूद्धको रिटमा आज सुनुवाई


एबीसी न्यूज
७ आश्विन २०७७, बुधबार   ९ : ०९   बजे

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको भन्दै त्रिपाठीले सोमबार रिट दायर गर्नुभएको थियो ।

‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो । प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग हो,’ त्रिपाठीले पेस गरेको रिटमा उल्लेख छ ।गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानको धारा ८६ (२) (ख) बमोजिम गौतमलाई मनोनित गरिएको हो ।

गौतमलाई राष्ट्रिय सभामा ल्याइनु जनअभिमतको गम्भीर अपमान हुनुका साथै संविधानको धारा २ को स्पष्ट उल्लंघन भएको रिट निवेदनमा जनाइएको छ । धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको कुरा उल्लेख छ ।

संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्लाई प्रदान गरेको भए पनि त्यसको प्रयोग विवेकहीन तथा स्वेच्छाचारी ढंगले हुन नसक्ने रिट निवेदनमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu