ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा उपचारका क्रममा वडा अध्यक्षसहित थप २ जना संक्रमितको मृत्यु


एबीसी न्यूज
७ आश्विन २०७७, बुधबार   १ : ००   बजे

नेपालगञ्ज, ७ असोज । कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्ष ३९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार ठाकुरबाबाका पुरुषको मृत्यु मंगलवार साँझ भएको थियो भने बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्षको बुधवार विहान साढे १० बजे मृत्यु भएको हो । कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले निमोनियाबाट ग्रसीत भएका ति दुबै जनामा कोरोना संक्रमण देखिएको जनाउँदै उनिहरुको उपचारमा सबै विधि र प्रक्रिया अपनाईएपनि जोगाउन नसकिएको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय वडा अध्यक्ष पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरीएको थियो ।

भेरी अस्पतालका अनुसार उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरीएको थियो । उपचारकै क्रममा बुधबार बिहान १०ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि मंगलवार बेलुकी बर्दिया ठाकुरबाबाका ६४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu