सप्तरी,८ असोज । सप्तरीमा कोरोना संक्रमित एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले आज बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रह“दै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरले बताउनुभयो । मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसंगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्