ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा जारी नेकपाका दुई अध्यक्षबीचको छलफल सम्पन्न


एबीसी न्यूज
८ आश्विन २०७७, बिहिबार   ४ : ०८   बजे

काठमाडौं, ८ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।

गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ । दुई अध्यक्ष मात्र सहभागी बैठकमा छलफल भएको विषयबारे विस्तृतमा बताइएको छैन ।

नेकपा सचिवालय बैठकले चारवटा कार्यसूची तय गरी बैठक शुरु गरेको थियो । असोज ६ गते बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक साँगठनिक एकतालाई टुङ्गोमा पु¥याउने, संवैधानिक निकायको बाँकी रिक्त ठाउँमा पदपूर्ति गर्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने र विविध कार्यसूची तय गरेको थियो ।

मन्त्रिपरिषदको पुनर्गठनको गृहकार्य गर्न पनि सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । मन्त्री नियुक्तिको जिम्मेवारी प्रधानमन्त्रीको भएपनि पार्टीको सल्लाह र परामर्शमा काम गर्ने पार्टीको सहमति अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र दलका वरिष्ठ नेताहरुसँग परामर्श गरेर त्यसको टुङ्गो लगाउने गृहकार्यमा रहनुभएको नेकापाका नेताहरुको बुझाई छ ।

करिब अढाई घण्टा चलेको आजको बैठकमा पनि मन्त्रि परिषद पुनर्गठनको विषयमा छलफल भएको हुनसक्ने अध्यक्षद्वयका सचिवालयका सदस्यहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu