ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानिसको शरीरमा जीवित कोरोनाभाइरस हालि खोप परीक्षण : च्यालेन्ज ट्रायलको परीक्षण लन्डनमा गरिने


एबीसी न्यूज
९ आश्विन २०७७, शुक्रबार   १२ : ३३   बजे

काठमाडौं, ९ असोज । कोभिड १९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक बेलायत बन्न सक्ने बताइएको छ।

च्यालेन्ज ट्रायल भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ। यस विषयमा द फाइनान्शल टाइम्सले पहिलो पटक समाचार प्रकाशन गरेको थियो ।

बेलायत सरकारले ह्यूमन च्यालेन्ज स्टडीजू मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले जनाएको छ ।

त्यस्तो किसिमको परीक्षण गर्नका लागि सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर–उरक्युहार्ट तयार छन्।

उहाँले बीबीसी रेडियो फोरुको टुडे कार्यक्रममा भन्नुभयो, मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।

त्यसै कार्यक्रममा बोल्दै अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको बताउनुभयो । उहाँले भन्नुभयो –हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ। हामीले यसबारे पहिले पनि शङ्का गरेका थियौँ तर हामीसँग यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण थिएन। तर अब, मलाई लाग्छ कि हामीसँग स्पष्ट तथ्याङ्क छ।

अर्को कुरा के छ भने हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा पुगेको छ। त्यसकारण परीक्षणमा सहभागी कसैमा समस्या देखियो भने उनीहरूलाई प्रारम्भिक चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।

प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिनेछ र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिनेछ।

एक सरकारी प्रवक्ताले त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिनुभयो। कोरोनाभाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ। हालसम्म ३६ वटा खोपहरू क्लिनिकल परीक्षणको चरणमा छन्। त्यसमध्ये एक अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरणनजिक पुगिसकेको छ।

सफल खोपले भाइरसविरुद्ध सुरक्षा प्रदान गर्नेछ। खोप उपलब्ध भएपछि लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो पार्दै लान सकिनेछ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu