ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा चेन्नई ४४ रनले पराजित


एबीसी न्यूज
१० आश्विन २०७७, शनिबार   ६ : ४२   बजे

काठमाडौं, १० असोज । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरे ।शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे । चेन्नईका पिउस चावलाले २ विकेट लिए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो । टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu