रौतहट, १७ असोज । रौतहटमा फेरी एक किशोरीको हत्या भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवामा शुक्रबार एक १५ वर्षकी किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
गढीमाई नगरपालिका वडा नं—१ का स्थानिय सिताराम साह कानुका छारी हाल बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सन्जा कुमारी साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएका छन् । शुक्रबार बिहान १० बजे तिर घाँस काटन गएकी उनी साँझ सम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा नजिकैको उखुबारीमा शव भेटिएको हो ।
शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीय वासिन्दाको अनुमान छ । मृतक किशोरीको शव शनिबार प्रहरीले पोस्टमार्टम कालागी मुचुलका उठाई रहेको र घटनाको बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्