ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा थप २०४४ संक्रमित डिस्चार्ज, ८ जनाको मृत्यु ( कहाँ कति विस्तृत विवरणसहित)


एबीसी न्यूज
१७ आश्विन २०७७, शनिबार   ४ : ४२   बजे

काठमाडौं, १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

आज २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ४०, प्रदेश नम्बर २ मा ६ सय ११, बागमती प्रदेशमा ६ हजार ८ सय ९३ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५१, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ९ हजार ७ सय ७७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५, प्रदेश नम्बर २ मा ५ सय १८, बागमती प्रदेशमा ७ हजार ३७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय २ गरी देशभरी ११ हजार ५ सय २९ जना रहेका छन ।

आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । आज आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu