ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ क्षेत्रभित्रका लथालिङ्ग तरिकाले टाँगिएका तार हटाउनु सुरु


एबीसी न्यूज
१७ आश्विन २०७७, शनिबार   ६ : २२   बजे

बागलुङ, १७ असोज । बागलुङ बजार भित्र जाथाभाबि टागिएका तार र पोल हटाउने सरोकारवाला बिच भएको सहमति अनुसार नगर क्षेत्रभित्रका लथालिङ्ग तरिकाले टागिएका तार हटाउनु सुरु गरिएको छ ।

बागलुङ नगरलाई सुन्दर र सफा बनाउने उदेश्य साथ बागलुङ नगरपालिकाले बागलुङ बजार भित्र जथाभावी रूपमा बिना अनुमानि टागिएका निजी इन्टरनेट कम्पनीहरूका हटाउनु सुरु गरेको हो ।

नगरपालिका भित्र नेपाल बिधुत प्राधिकरण र नेपाल टेलिकमका पोलहरूमा बागलुङ केवल लगायत निजी क्षेत्रका बिभिन्न इन्टरनेट कम्पनीहरूले जथाभावी रूपमा टागिएका तार हटाउने निर्णय गरेको २ वर्षप तार हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र अव्यवस्थित भएको तारका कारण सवारी दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या आएको थियो ।

नगरपालिकाले तार हटाउदा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव पाठकले बताउनुभयो । ढिलै भए पनि जथाभावी रूपमा टागिएका तार हटाउन शुरूवात गरेपछि यसले बागलुङको सुन्दरता र ट्राफिक व्यवस्थापनमा सहज हुने वडा सदस्य अर्जुन घिमिरेले बताउनुभयो । सुन्दर नगर बनाउने अभियानलाई सहयोग गर्न नेपाल टेलिकमले पुरानो तार हटाएर फाइबर जडान गरेको अब केही समय भित्र पुरानो तार हटेर बजार सुन्दर देखिने नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो ।

३ बर्ष देखि नेपाल टेलिकम र नेपाल बिधुत प्राधिकरणसंग सम्झौता नगरि बागलुङ केवल, गलकोट इन्टरनेट, वल्र्डलिकं इन्टरनेट, पोखरा इन्टरनेट लगायतका दर्जनौ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले बागलुङ जिल्लाभर मनपरि ढंगले पोलमा तार लगायतका सामाग्री प्रयोग गरिरहेको भनी पटकपटक पोलको भाडा तिर्न सुचना जारी गर्दा समेत अटेर गरिरहेका थिए ।

बागलुङ जिल्ला भित्र रहेका नेपाल बिधुत प्राधिकरणका पोलहरूमा बिना अनुमति कुनै पनि सम्झौता नगरि प्रयोग गरेका तार काट्ने अभियान ल्याएपछि निजि इन्टरनेट कम्पनीले दबाब काम रोक्न खोजेपनि नगरपालिकाले यसपटक तार र पोल हटाउन शुरूवात गरेको हो । शिबधारा चोकबाट सुरु गरिएको उक्त कार्य मुख्य बजारका करिब ५ सय हाराहारीमा रहेका पोल हटाएपछी सम्पन्न हुने बागलुङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group