काठमाडौं, २२ असोज । उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।
बिहीबार कोरोना पुष्टि भएकाको यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएका सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ४,३६४ जनामा कोरोना पुष्टि भएको थियो ।
अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्