ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई उपचार गर्न कति आइसियु र भेन्टिलेटर छन् ? सूचिसहित


एबीसी न्यूज
२२ आश्विन २०७७, बिहिबार   ९ : ०३   बजे

काठमाडौं, २२ असोज ।  सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् । अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।

आज काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिनुभयो । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उहाँले बताउनुभयो । उहाँले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गर्नुभयो ।

मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu