ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जे जस्तो दाबी गरेतापनि नेपालमा क्लिनिकल ट्रायल गर्नमा सरकार सुस्त (भिडियोसहित)


एबीसी न्यूज
२४ आश्विन २०७७, शनिबार   १० : ४०   बजे

काठमाडौं, २४ असोज ।  सरकारले कोरोना नियन्त्रणका निम्ति विश्वका विभिन्न देशमा प्रयोग भइरहेका खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्ने भनेको भए पनि हालसम्म सुरसार भएको छैन । अधिकारीहरु सरकारले औपचारिक रुपमा निर्णय गरेर ट्रायलको अनुमति नदिएको गुनासो गरिरहेका छन् भने क्लिनिकल ट्रायलका लागि विभिन्न पाटाहरुको सम्बन्धमा तयारी शुन्य रहेको छ ।

चिनको उहान प्रान्तबाट विश्वभर डुल्दै कोरोना महामारी नेपाल भित्रिएको ६ महिना पुगिसकेको छ । हजारौँ संक्रमित भईरहेका छन् । सयौँको मृत्यु भईसकेको छ र कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । विश्वभर कोरोना महामारी रोकथामको निम्ति खोपहरु निर्माण भईरहेको र परिक्षण भईरहेको सन्दर्भमा नेपालमा पनि कोरोना नियन्त्रणको निम्ति खोप परिक्षण गर्ने कुरा भएको ३ महिना बितिसकेको छ । तर अझैपनि सो कुरा जहाँको त्यहीँ छ ।

नेपालमा रसियन खोप, अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप र चिनियाँ खोप ट्रायल गर्ने कुरा भएको भएपनि हालसम्म औपचारिक रुपमा सो खोपहरुको क्लिनिकल ट्रायल गर्ने काम अघि बढ्न सकेको छैन । कहिले अघि बढ्छ भन्ने नै अनिश्चितजस्तै बनेको हो । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले खोप परिक्षणको काम अघि बढाउने बताउँदै आएपनि परिषदका सदस्य सचिव डाक्टर प्रदिप ज्ञवाली अहिलेको अवस्थामा परिषदले परिक्षण गराउन नसक्ने बताउनुहुन्छ । औपचारिक रुपमा मन्त्रीस्तरीय निर्णय गरेर सरकारले जिम्मेवारी लिनेभए अथवा कम्पनीहरुको स्पोन्सर भएमात्रै क्लिनिकल ट्रायल हुन सक्ने अन्यथा परिषदले मात्रै सम्पूर्ण जिम्मेवारी लिएर ट्रायल गर्न नसक्ने उहाँको भनाई छ ।

विश्वका विभिन्न देशमा कोरोना विरुद्धका खोपहरु पहिलो र दोस्रो चरण पुरा गरी तेस्रो चरणको क्लिनिकल ट्रायलमा छन् । नेपालमा तिनै तेस्रो चरणका खोपहरुको ट्रायल गर्ने भनिएको हो तर अनिश्चित छ । तेस्रो चरणको ट्रायल सफल भएपछि चौथो चरणमा आम मानिसमा खोपको प्रयोग गरिन्छ । परिषदले क्लिनिकल ट्रायल, भ्याक्सिन ट्रायल ल्याबको अडिट बढाउने गरी काम अघि बढाइरहेको भने बताउने गरेको छ । जनस्वास्थ्यको मापदण्ड परिपालना भए नभएको, कोरोना संक्रमणमुक्त भएर फर्किसकेपछिको अवस्थाको सम्बन्धमा अध्ययन गरी सरकारलाई रिपोर्ट पठाएको समेत परिषद सदस्य सचिव डा. ज्ञवालीको भनाई छ ।

कोरोना परिक्षण गरिरहेका आरटि पिसिआर मेसिन, ल्याबहरु, भौतिक पूर्वाधार, जनशक्तिको अवस्था, टेस्टिङको अवस्थाको सम्बन्धमा अध्ययन गरी दुईहप्ताभित्र सातै प्रदेशको रिपोर्ट सरकारलाई बुझाइने तयारी गरिएको छ । जिन सिक्वेन्सको अध्ययनको रिजल्ट आउन बाँकी रहेको र आयुवेर्दिक उपचार पनि लुम्बिनी प्रदेशको भिम अस्पताल र प्रदेश नं. २ बाट पनि ट्रायल गरिएको सदस्य सचिव ज्ञवालीको भनाई छ । र्यान्डेशिभिर भन्ने औषधी, प्लाज्मा थेरापी सम्बन्धी गरेको अध्ययन रिपोर्ट राज्यलाई केही दिनमा बुझाउने र सोहि आधारमा राज्यले नीति बनाउने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अध्ययनको क्रममा संक्रमणमुक्त भएर फर्किने संक्रमितहरु पनि मानसिक रुपमा थकित हुने, घर परिवार र समाजको अपहेलनामा पर्ने हुनाले राज्यले मनोवैज्ञानिक तवरको कार्यक्रम ल्याउनुपर्ने आवश्यक देखिएको बताईएको छ । माक्स र सेनिटाइजरको प्रयोगको साथसाथै भौतिक दुरी पनि कायम नगर्ने गरेको पाईएकोले सरकारले नीतिगत रुपमा मात्रै नभई अनुगमन गरेर कडाईका साथ कार्यान्वयन गराउनुपर्ने सरोकारवालाहरुको भनाई छ । यता नेपालमा उत्पादन भएको र्यापिड पिरामिड भन्ने नेपाली कम्पनीको औषधीले गरेको क्लिनिकल ट्रायलको अनुसार तेस्रो चरणको अध्ययन गर्न सकिने देखिएको बताईएको छ ।

सरकारले जे जस्तो दाबी गरेतापनि नेपालमा क्लिनिकल ट्रायल गर्नमा सरकार सुस्त तवरले लागेको प्रस्ट छ । एकिनसाथ भन्न नसकि सरकार जिब्रो चपाईरहेको छ । अर्कोतर्फ प्राकृतिक र आयुवेर्दिक चिकित्सामा हामि धनि भएपनि त्यसतर्फ अध्ययन, अनुसन्धान हुन सकेको छैन । ठुला ठुला शक्ति राष्ट्रले के गरे के गरेनन् भनेर हेर्ने मात्रै होईन । हाम्रो माटो र सुविधा अनुकुलको उपचार पद्धति खोज्न लाग्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu