काठमाडौं, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिवार गरिएको पीसीआर परीक्षणमा उहालाई संक्रमण देखिएको हो ।
काठमाडौं बाहिर केही कार्यक्रममा सहभागी भएर राजधानी फर्किएपछि हल्का ज्वरो आएपछि उहाले परीक्षण गराउनु भएको थियो । मन्त्री भट्टराईले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ । उहाले आफ्नो सम्पर्कमा आएकालाई पनि सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्