ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पूर्ण शक्ति विवेकसहित जुटौँ – गृहमन्त्री थापा


एबीसी न्यूज
२७ आश्विन २०७७, मंगलबार   २ : ३५   बजे

काठमाडौं, २७ असोज । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका  गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

“आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक छ”, गृहमन्त्री थापाले भन्नुभयो, “एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।”

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्कीले विपद् जोखिमका घटना बढिरहँदा नेपालगायत विकासन्मुख मुलुकले ठूलो नोक्सान ब्यहोर्नुपरेको हुँदा बनाइएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मुलुकका साधनस्रोत परिचालन गरी रोजगारी सिर्जना गर्दै सुशासन र जवाफदेही बनाउने कार्यमा विपद् व्यवस्थान न्यूनीकरण कार्यक्रमलाई जोडेर लैजाने नीति र कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेपालमा हरेक वर्ष बाढी÷पहिरो, चट्याङ, आगलागी, शीतलहर जस्ता प्राकृतिक प्रकोप र विपद्का घटनाबाट ठूलो जनधजनको क्षति हँुदै आएको छ । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu