काठमाडौं, ८ कात्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। भट्टराई र पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि कोरोना संक्रमित हुनुभएको हो ।
पूर्वप्रधानमन्त्री भट्टराइले भट्टराईले ट्विटमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सकको सल्लाहअनुसार आफूहरु घरमै होम आइसोलेसनमा बसेको समेत जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्