ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिँजडाको सुगा


एबीसी न्यूज
८ कार्तिक २०७७, शनिबार   ४ : २२   बजे
  • प्रमोद भट्टराई ‘प्रतीक’

हामी पिँजडाको सुगा
कैद छौं खोर भित्र
घरमुली बाहिरै बस्छन्
खै के के गर्छन्

कहिले खलो सोहोर्छन्
कहिले घान हाल्छन्
कहिले भकारी भर्छन्
हामीलाई के थाहा?
हामी त पिँजडा भित्रको
सुगा पो त!

उनिहरुले नै रटाएको
जिन्दावाद र मुर्दावाद
हाम्रो लागि त शिर्फ
‘गोपिकृष्ण कहो!’
जानेको भाषा त्यही हो
त्यही दोहोर्याई रहन्छौं

सबैलाई सुनाइ रहन्छौँ
उनको लागि भने
त्यहीनै रहेछ सौन्दर्यता
अनि हाम्रो लागि भने
त्यहीनै बनिदियो कुरुपता!

घरिघरि जिस्क्याउँछन्
घरिघरि बिच्क्याउँछन्
अलिक चर्को बोल्यो भने
कहिले थर्काउँछन्
कहिले डण्डा तेर्स्याउँछन्
कहिले भोकाउछौँ
दाबिलो लागेको पेटले
निदाउन बल गर्नुपर्छ

कहिले रोगाउछौँ
अनि प्राण जाने घडी
कहिले आउला कुर्नुपर्छ
अन्ततः पिँजडा भित्र नै
पटक पटक मर्नुपर्छ
छी कति सार्हो अधमरो भएछौँ
पिँजडा भित्रको सुगा पो रहेछौँ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu