ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा राजस्थानको जित, प्ले अफको सम्भावना कायमै


एबीसी न्यूज
१५ कार्तिक २०७७, शनिबार   ७ : २१   बजे

काठमाडौं, १५ कात्तिक ।  यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १र१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे पनि पञ्जावको हार टरेन ।

यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह शुन्य रनमा आउट भए ।

पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जितसँगै राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group