काठमाडौं, १८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौंको ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न ठाउँमा आज बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुन लागेको हो ।
प्राधिकरणका अनुसार यो सबस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भू, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र तहाचल लगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । तोकिएको समयभन्दा अगाडि काम सकिए अगावै विद्युत् सेवा सञ्चालनमा आउने प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्