काठमाडौं, १९ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले बुधबार आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताउनुभयो ।
खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराउनुभएको छ ।
आर्थिक वर्ष २०७७र०७८ को बजेट कार्यान्वयन, विशेष गरी पुँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम गरिएको होे ।
प्रतिक्रिया दिनुहोस्