काठमाडौं २० कात्तिक । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।
समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा डिनामो किएभका लागि सिगान्कोभले एक गोल फर्काएपछि खेल २-१मा सकियो ।
जितसँगै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्