काठमाडौं २१ कात्तिक। नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बढु, सुरेन्द्र पान्डे, सुजाता परियार, किरण यादव, मो। नसीर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा संक्रमण देखिएको कांग्रेसका एक नेताले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको ती नेताले बताए । संक्रमित ६ जना केन्द्रीय सदस्यहरु होम आइसोलेसनमा रहेको कांग्रेसले जनाएको छ ।
।
प्रतिक्रिया दिनुहोस्