ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माफ गर्नु होला !


एबीसी न्यूज
२१ कार्तिक २०७७, शुक्रबार   ८ : २९   बजे

                                                                                    शारदा शर्मा

माफ गर्नु होला
आजकल ममा लाज हराएको छ।
किनभने भोक लागे पछि
खानको लागि म
खुला ठाउँमा पनि थाल थाप्न तयार छु।

क्षमा गर्नु होला मलाई  !!
समस्याले थिचिदै गए पछि
बाच्नको लागि म
बोरा ओढेर सुत्न पनि तयार छु।

भबिस्य खोज्दै आएको शहरमा
तपाईंहरुको समृद्धि भित्र भौतारिंदै गर्दा
सास फेर्न गाह्रो भए पछि
टेकुमा गएर लाइन लाउन पनि तयार छु।

साच्चै मलाई माफ गर्नु होला  !!
मैले दिएको एक भोटले
सिंहदरबारको गेट खुला गर्दा
तपाईं सजिलै त्यहाँ पस्न पाउनु भयो ।

मेरो श्रमले सिंगारिदा तपाइको घर
ठांटले तपाईं बस्न पाउनु भयो ।
तर म आज पनि खुला चौरमा
तपाईंको समृद्धि पच्छाउदै
थाल थापेर पेट भर्दैछु।

हेर्छु खुलामञ्चमा बसेर
तपाईंको समृद्ध नेपाललाइ
लाग्छ मात्र एकछाकको लागि
भोको पेटको यो कहालीलाग्दो जंघार तर्दैछु।

सांच्चै माफ गर्नु होला !!
तपाईं हरु पदको लडाइँ लड्दा
हामी भोकको लडाइँ लड्दै छौं।
तपाई हरुले समृद्धिका भाषण दिदां
हामी दुखका पहाड तिर अघि बढ्दै छौ।

हेरौ हाम्रा औलाहरुमा
फेरि तपाईंहरुको लागि
निलो मसीले साइन लगाइन्छकी लगाइदैन
हाम्रो नाममा अत्याचार गर्नेहरुलाई
हामीले त्यतिबेला भगाइन्छकी भगाइदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu