ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा अधिकारी


एबीसी न्यूज
२२ कार्तिक २०७७, शनिबार   ८ : २४   बजे

काठमाडौं, २२ कात्तिक । चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गर्नुभयो ।

एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित हुनुभएको छ । डिएलएका उमेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गर्नुभएको हो । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गर्नुभयो । सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित हुनुभयो ।

मिश्रले ९९ र दवाडीले ८२ मत ल्याउनुभयो । यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित हुनुभएको छ । सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu