ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह


एबीसी न्यूज
२६ कार्तिक २०७७, बुधबार   १२ : २५   बजे

काठमाडौं, २६ कात्तिक ।  व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले नाकामा रोकिएका सामान सहजरूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको बताउनुभयो । “महासङ्घको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहजरूपमा नेपाल भित्रिन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

चीनले अहिले दिनमा एक/दुईवटा मात्र कन्टेनर नेपाल भित्रिन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहजरूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासङ्घले आग्रह गरेको छ । महासङ्घले अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै नाकामा रोकिएका कन्टेनर सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu