काठमाडौं, २७ कात्तिक । सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर किजा पूजाका लागि सार्वजनिक बिदा दिइएकाले यो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्