काठमाडौं, २७ कात्तिक । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । बिहीबार थप एक हजार नौ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१० हजार २२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको छ ।
अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डौमा सात सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा एक सय २६ जनामा सङ्क्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्