ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव : सार्ने/सार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने प्रचण्ड जवाफ


एबीसी / संवाददाता
२ मंसिर २०७७, मंगलबार   ६ : १४   बजे

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको भोली बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको नेकपा स्रोतले बताएको छ ।

तर, प्रचण्डले भने बैठक सार्ने/सार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिए स्रोतले जनायो । ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ बैठक नै सार्ने भएपनि सवै बहुमत सदस्यले गरेको बैठक बसेपछि त्यहिबाटै बैठक सार्ने निणर्य गर्ने अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको एक सचिवालय सदस्यले बताउनुभयो ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गर्नुभएको छ । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान रहेको छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताउनुभएको छ । प्रचण्ड–माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन् । बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड–माधव पक्षको तयारी रहेको भएपनि ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने एक नेताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu