हेटौंडा, ४ मंसिर । मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या उनकै नातेदारबाट भएको खुलेको छ ।बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।भोलनले प्रहरी समक्ष आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको बताउनुभयो ।बालिकाको शब घर नजिकै बगरमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्