ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारफुकको बहानामा बलात्कार, मौलाना हसन पक्राउ


एबीसी / संवाददाता
११ मंसिर २०७७, बिहिबार   १० : ०७   बजे

 

लहान, ११ मंसिर । सिरहाको लहानमा झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ ।
नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता स् व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सन् १९९१ देखि प्रत्येक वर्ष विश्वभरमा मनाईने अभियान नेपालमा पनि सरकारले औपचारिक रुपमै मनाउँदै आएको छ ।

सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना आएको छैन । अभियानकै क्रममा लहान ७ कि एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बलात्कार आरोपमा एक मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका १० घर भई अहिले लहान १० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेका छन् ।

मौलाना हसन कहां झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ ।बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् । मौलानालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछिनिकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । पीडितकी आफन्तहरू उनको घर पुगेर केरकार गर्नुका साथै मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group