ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटक भिडियोका लागि स्टण्ट देखाउँदा प्याराग्लाइडिङ दुर्घटनाको जोखिम बढ्यो


एबीसी / संवाददाता
१२ मंसिर २०७७, शुक्रबार   १ : ०९   बजे

काठमाडौं, १२ मंसिर । सराङकोटबाट प्याराग्लाइडिङमार्फत् चराझैं उडेर फेवातालमाथि पामे साइडमा झर्न कसलाई मन लाग्दैन र, पछिल्लो समय युवापुस्ताको निकै निकै लोकप्रिय बनेको प्याराग्लाइडिङ दुर्घटनामा पर्ने गरेका छन् ।

गत सोमबार पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु गैरेको निधन भयो । यात्रु शीला श्रेष्ठ घाइते हुनुभयो । पोखरामा प्याराग्लाइडिङको इतिहास करिब दुई दशक लामो छ । यसबीचमा दुई दर्जनभन्दा बढी दुर्घटना भएका छन् । यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भएर मानवीय क्षति निम्तिएको चाहिँ यो पहिलो घटना भएको नेपाल हवाई खेलकुद संघका वरिष्ठ उपाध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । उपाध्यक्ष वसन्तराज दवाडीका अनुसार यसअघि सोलो उडान, प्रशिक्षण र काबुभन्दा बाहिरको अवस्था सिर्जना भएर प्लाराग्लाइडिङ दुर्घटना भएका थिए । पछिल्लो दुर्घटना भने पाइलटले अतिआत्मविश्वासका साथ ‘स्टण्ट’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उडानमा रहेका पाइलटले रुखको फूल टिप्न खोज्दा दुर्घटना भएको अनुसन्धानमा देखिएको छ । अनुभवी पाइलटबाट भएको यस्तो लापरवाहीले अन्त्यमा गम्भीर नतिजा निम्तिएको दवाडीले बताउनुहुन्छ । ‘विस्तृत कारण अनुसन्धानबाट पछि खुल्ला’, संघका वरिष्ठ उपाध्यक्ष दवाडीले भन्नु्भयो, ‘घटनामा पाइलटको बढी आत्मविश्वास र लापरवाही प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ दुर्घटनामा निधन भएका ३७ वर्षीय गैरे नेपालका अनुभवी पाइलटमध्ये एक थिए ।

सरकारले प्याराग्लाइडिङबारे नियमनको अधिकार नेपाल हवाई खेलकुद संघलाई नै दिएको छ । यात्रु बोकेका पाइलटले आकासमा गर्न हुने र नहुने कामबारे बेलाबेला सचेतनामुलक अभियान चलाउँदै आएको संघका वरिष्ठ उपाध्यक्ष दवाडीले जनाकारी गराउनुभयो । उहा भन्नु् हुन्छ ‘प्याराग्लाइडिङ एकदमै सुरक्षित खेल हो, कहिलेकाहीँ काबु बाहिरको परिस्थतिमा मात्र दुर्घटना हुन्छ,’ ‘पाइलटको लापरवाहीका कारण कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन ।’

उहाका अनुसार, पोखरामा प्रशिक्षणका दौरान बढी प्याराग्लाइडिङ दुर्घटना भएको र टेकअफ र ल्याण्डिङका बेला सन्तुलन मिलाउन नसक्दा सामान्यदेखि गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । त्यसबाहेक शारीरिक तथा मानसिक रुपमा तयार नभएका पाइलटले उडान लिँदा र एकै दिनको अधिक उडानबाट थकानका कारण पनि दुर्घटना निम्तन सक्छ उहा बताउनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष दवाडीका अनुसार दुर्घटनाका यस्ता सम्भावित कारणबारे कम्पनीहरुलाई सचेत गराउने काम संघबाट हुने गरेको छ । ‘तर, पछिल्लो समय टिकटक भिडियोका लागि स्टण्ट देखाउन आकासमा लापरवाही बढेको अनुमान पनि छ ।’

पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले यो दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सुझावसमेत दिने कार्यभार पाएको छ । समितिलाई एक महिनाको समयावधी दिइएको छ ।
त्यहाँ ६१ वटा कम्पनी औपचारिक रुपमा दर्ता भएर सन्चालनमा छन् । ती कम्पनीले करिब ३५० हाराहारी पाइलटले काम पाएका छन् । पोखरामा दैनिक ८ सय हाराहारी यात्रुले उडान गर्न सक्ने क्षमता छ । अहिले दैनिक औसत चार सय हाराहारी यात्रुले सेवा लिइरहेको संघको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group