ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता
१७ मंसिर २०७७, बुधबार   ८ : ३८   बजे


काठमाडौं, १७ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महाङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति कार्यान्वयनका क्रममा गुनासा आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको बताउनुभयो ।

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो । “रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन”, उहाँले भन्नुभयो ।

कुनै पनि कुरा निजी क्षेत्रलाई ‘इम्पोज’ नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तर संवाद र छलफलमा रहिरहन्छौँ । सुझाव सुन्छौँ । मिलेर काम गर्छौं ।” अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगतरुपमा समेत छलफल गर्ने भन्दै व्यावहारिक र कार्यान्वयन जान सकिने सुझाव दिन क्षेत्रलाई आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिइ सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu