काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाले हिजो शुक्रवार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराउनु भएको थियो। शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘हिजो साँझ स्वाब परीक्षण गराउनु भएको थियो। उहाँलाई कोरोना पोजेटिभ देखिएको छ,’ मुख्यसचिव पौडेलले भन्नुभयो ,‘उहाँ होम आइसोलेसनमै हुनुहुन्छ।’ संक्रमण देखिएपछि आज बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकमा उहा अनुपस्थित हुने नेपाली काँग्रेसले जनाएको छ । सिटौला २९ गते महोत्तरीमा सरकारविरूद्ध हुने प्रदर्शनमा खटिने बताए पनि अब उहा जान नपाउने हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्