ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला


एबीसी / संवाददाता
२९ मंसिर २०७७, सोमबार   ७ : ४४   बजे


सिमकोट, २९ मङ्सिर । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णाली करिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न शुरु गरेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा समाहित भएको हो ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडकखण्डको निर्माण कार्य सकाएपश्चात् हुम्ला जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम सिमकोटबाट आएको जिल्लाका अधिकारीको टोलीले निर्माणाधीन कर्णाली करिडोरको संयुक्तरूपमा अनुगामन गरेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको टोलीले हुम्ला र बाजुरा जिल्लाको सिमाना ताँजाकोट गाउँपालिकाको कवाडी, अदानचुली र सर्केगाड गाउँपालिकाको वालुकुनासम्मको सडकको अनुगमन गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो ।

“नेपाली सेनाले निर्माण गरेको सडकको अनुगमन गर्नका लागि सांसद लामाको नेतृत्वमा जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसी, ताँजकोट, अदानचुली र सर्केगाडका जनप्रतिनिधि, नागरिक अगुवा र सञ्चारकर्मीको टोलीले संयुक्तरुपमा अनुगमन गरेको छ”, अध्यक्ष फडेराले भन्नुभयो, “सडकको अनुगमनपश्चात् अब नेपाली सेनालाई उक्त सडक सडक विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया गरेपश्चात् नियमितरुपमा वालुकुनासम्म सवारी साधन आवतजावत हुनेछ ।”

नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारी साधन सञ्चालनमा आउने गरेका छन् । यो सडक विभागलाई हस्तान्तरण भएपश्चात् निर्वाधरूपमा सवारी साधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने अध्यक्ष फडेराले बताउनुभयो ।

अनुगमन टोलीले हुम्ला जिल्लाको सिमाना मैला कवाडीदेखि सर्केगाड गाउँपलिका–१ जैरसम्मको सडक अनुगमन गरेको छ । टोलीले धुलाचौरदेखि बाजुराको कवाडी हुँदै हुम्लाको वालुकुनासम्म करिब २७ किलोमिटर सडकको अनुगमन गरेको हो ।

सडकको अनुगमनपश्चात् प्रमुख जिल्ला अधिकारी गिरीले जिल्ला प्रशासन कार्यालयमा कमचारीको अभावका कारण अनुगमनमा ढिलाइ भएकाले यसलाई दिगोरुपमा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य लामाले सडक ठूला वर्गलाई मात्र नभई निम्नस्तरका नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले जहाँ सडक आउँछ त्यहाँ सुख सुविधा पनि आउँछ भन्दै यति छिटो जिल्लामा सडक पुर्याउन सडक खन्ने जिम्मा पाएको नेपाली सेनालाई हुम्ला जिल्लाको तर्फबाट धन्यवादसमेत दिनुभयो । जिल्ला समन्वय समिति हुम्लाका प्रमुख रावतले अब हुम्लाको समृद्धि ल्याउन सबैले आत्मनिर्भर र व्यावसायिक बाटो रोज्नुपर्ने धारणा राख्नुभयो । नेकपाका हुम्ला जिल्ला अध्यक्ष जैसीले लामो समयको प्रयासमार्फत हुम्ली नागरिक राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेकाले अत्यन्तै खुशी भएको भन्दै अब नागरिकले उत्पादनमुखी र व्यावसायिकरूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group