ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनका लागि काठमाडौंमा ( भिडियो सहित)


एबीसी / संवाददाता
२९ मंसिर २०७७, सोमबार   १२ : १९   बजे

काठमाडौं, २९ मंसिर । चिनी मिल सञ्चालकले उखु खरिद गरेको लामो समयसम्म पनि भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानहरु पुनः आन्दोलित बनेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै आजदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका हुन् ।

गत वर्षको पुसमा मध्य तराईका उखु किसानहरु एकाएक माइतीघरमा आन्दोलन गर्नका लागि उर्लिए । कारण थियो, परिश्रम गरेर उत्पादन गरेको उखुको भुक्तानी नपाउनु । केही दिन चलेको आन्दोलन पुस १८ गते स्थगन भयो । पुस १८ मा सरकारी टोली र आन्दोलनमा उत्रिएका उखु किसानबीच सहमति भयो । सहमतिमा लेखिएको थियो, चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने । तर, सरकारी टोलीस“ग भएको सहमतिकै पनि एक वर्ष पुग्न लाग्दासमेत उखु किसानहरुले भुक्तानी पाएका छैनन् । सरकारले गरेको बाचा पूरा नभएको भन्दै आइतबारदेखि उनीहरुले पुनः काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका हुन् । उनीहरुले भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरुलाई भुक्तानी नदिलाए कडा आन्दोलन गर्ने चेतावनीसमेत किसानहरुले दिएका छन् । यसपटक किसानको पूरै पैसा नपाउ“दासम्म आन्दोलन नरोक्ने उखु किसान संघर्ष समितिको भनाइ छ ।

मिश्रले तिहार अगाडि उद्योगमन्त्री लेखराज भट्टलाई भेट गरी स्मरणपत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरे पनि पैसा नआएकाले आफूहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य किसानहरुको भनाइ छ ।

यसअघि पनि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । उनीहरुले २०७६ पुस १८ गते मन्त्रालयको उपस्थितिमा किसान र उद्योगीबीच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए । यसअघि किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो । मन्त्री भट्टले उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने र मिल सञ्चालकको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भए पनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउने बताउनु भएको थियो ।

तर मन्त्री भट्टले गर्नु भएको वाचा अझै पुरा हुन सकेन, जसको कारण उखु किसान अझ प्रताडित बन्नु परेको छ । उद्योगीहरुबाट करिब ९० करोड रुपैया“ उठाउन बा“की रहेका उखु किसानहरुले अझै कति दिन सास्ती बेर्होनु पर्ने हो थाहा छैन । कृषिमा नवीनतम फड्को मार्ने सपना बा“डेको आफूलाई समाजवादी दाबी गर्ने सरकारले उखु किसानको समस्या सुल्झाउन नसक्नु कतै उद्योगी र विचौलियाको चंगुलमा फसेको त छैन भन्ने प्रश्न जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group