ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक भेटिएनन्, राजश्वले लिलाम बिक्री गर्दै


एबीसी / संवाददाता
३ पुस २०७७, शुक्रबार   १ : ५५   बजे

काठमाडौं, ३ पुस। वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुन लिलाम हुने भएको छ । सुनको मालिक प्रहरीले भेटाउन नसकेपछि सुन लिलाम हुने भएको हो । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ ।

बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले तत्कालीन समयमा सुनधनी नभेटिएपछि राजश्वमा बुझाइएको बताउनुभयो । प्रहरीका अनुसार सुनका मालिक नभेटिएपछि प्रकरणको अनुसन्धान समेत बन्द भइसकेको छ । त्यसवेला बरामद सुन भारतीय नागरिक अशोक सिन्हाको भएको बताइएको थियो । अपार्टमेन्टमा केही समयअघिसम्म उनी बसेकाले सिन्हाको सुन भएको आशंका गरिएको थियो । सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार बनेका वेला प्रहरीले अपार्टमेन्टमा सुन रहेको सूचना पाएको थियो ।

प्रमोदकुमार रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार बनेका थिए, जसमा उनी विजयीसमेत भइसकेका छन् । भाइ अशोक चाहिँ पूर्वभन्सार क्लीयरिङ एजेन्ट रहेको प्रहरीले जनाएको छ । उनैले कालो धन लुकाएर राखेको हुनसक्ने आशंका गरिएको थियो । स्रोतका अनुसार अशोककी छोरी निवेदिकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिइन् । त्यसकै आधारमा अपार्टमेन्ट खरिद गरिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले प्रमोदबारे भारतीय पक्षसँग समन्वय गरेर सोधखोजसमेत गरेको थियो । त्यसक्रममा उनी प्यारालाइज भएर उपचाररत रहेको पाइएको थियो । चुनावको नजिकिँदै गर्दा प्रमोदको भाइको कोठामा सुन भेटिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको थियो । त्यसपछि छोराले एउटा अडियो सन्देश सार्वजनिक गर्दै बरामद सुन परिवारको पुस्तौनी भएको बताउँदै गैरकानुनी नभएको दाबी गरेका थिए । तर, परिवारका कुनै पनि सदस्य प्रहरीसमक्ष प्रमाण लिएर हाजिर भएनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu